कानून, न्याय तथा मानव अधिकार समितिद्वारा आन्तरिक कार्यविधि पारित

कानून, न्याय तथा मानव अधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति बैठकले उक्त आन्तरिक कार्यविधि पारित गरेको हो ।

समितिमा आन्तरिक कार्यविधिका विषयमा सांसदहरूसँगको छलफलपश्चात् समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो ।

समितिका ज्येष्ठ सदस्य सभापति मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैंठकमा सभापति गुप्ताले उक्त कार्यविधि सर्वसम्मतले पारित भएको घोषणा गरे । उनले बिहीबारको बैठकमा प्रस्तुत भएको समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित भएको बताए ।

समितिले पारित गरेको आन्तरिक कार्यविधिमा समितिको बैठकमा बिनासूचना निरन्तर पाँचवटा बैठकमा सांसदहरू अनुपस्थित रहे समिति सदस्यबाट निष्कासनमा पर्न सक्ने व्यवस्था गरेको छ ।

कार्यविधिमा पाँचवटा बैठकसम्म निरन्तर उपस्थित हुन नसक्ने भए समिति सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था छ ।

बिहीबारको बैठकमा समितिका ज्येष्ठ सदस्य शेरबहादुर देउवा उपस्थित नभएपछि देउवापछिका ज्येष्ठ सदस्य गुप्ताको सभापतित्वमा समितिको बैठक बसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर