जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिहरूको पुनःस्थापना गरिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिहरूको पुनःस्थापना र परिपूरणको कार्यलाई प्राथमिकता दिइने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू पूरा गर्न सरकार प्रयत्नशील रहेको बताए।

उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसका आधारमा जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिको पुनःस्थापना र परिपूरणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने जानकारी गराए। उनले यस विषयमा वृहत् राजनीतिक सहमतिको निम्ति प्रयास गरिरहेको पनि बताए।

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरूलाई सहमतिमा टुंग्याउन मुख्य राजनीतिक दलहरूका बीचमा समझदारी भएको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर