भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भए पनि कानूनी कारबाहीको दायरामा ल्याइने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरमार्फत सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले दोषी जुनसुकै तहका पदाधिकारी तथा व्यक्ति भए पनि कानूनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताएका हुन्।

उनले प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धानमा हालसम्म कुनै पनि हस्तक्षेप नभएको र आगामी दिनमा पनि हस्तक्षेप नगरिने बताए। उनले दोषी नउम्किऊन् र निर्दोष नपरून् भन्नेमा सरकारको जोड रहेको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले प्रहरीले स्वतन्त्र र निष्पक्ष छानबिनको प्रक्रिया अगाडि बढाइराखेको जानकारी गराए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याएर मात्रै सुशासनको नयाँ प्रक्रियाको थालनी गर्न सकिन्छ भन्नेमा सरकारको विश्वास रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर