भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ

नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।

मियाँ बिहीबार बिहान सिंहदरबारभित्रै बाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

यससँगै याे प्रकरणमा पक्राउ पर्नेकाे संख्या १५ पुगेकाे छ।

शरणार्थीको नाममा ठग्ने गिराेहलाई गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए। प्रहरीले अनुसन्धान थालेपछि मियाँ सम्पर्कविहीन भएका थिए।

गृह मन्त्रालयको स्वामित्वमा भएको बीएबी-१४०५ नम्बरको निशान पेट्रोल जीप प्रहरीले यसअघि नै बरामद गरेको छ।

पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू सो गाडीमा जाने गरेका थिए। चितवनको सौराहा र काठमाडौंका सुन्धारालगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरूले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट थाहा भएको छ।

इम्बोस्ड नम्बर बीएबी-१४०५ नम्बरको सो जीप गृह मन्त्रालयअन्तर्गतको नेपाल हज कमिटीको नाममा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर