महासंघको सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा वेगानी चयन
नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा सञ्चार प्रविधि विकास समितिमा शक्तिकुमार वेगानी चयन भएका छन् ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधानबमोजिम वेगानीलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन् । सूचना तथा प्रविधि क्षेत्रमा जानकार रहेका उनी मुलुकको प्रतिष्ठित व्यापारिक घरानाभित्र पर्दछन् । २ पटक महासंघको कार्यकारिणी सदस्यमा निर्वार्चित उनी गणपति ज्वलेर्सका अध्यक्ष र वेगानी ग्रुपका प्रबन्ध निर्देशक रहेका छन् । उनी हाल एक दर्जनभन्दा बढी व्यावसायमा संलग्न रहेका छन ।
‘मेरो कार्यकालमा सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोगमा ल्याइनेछ,’ उनले भने ‘यसको अधिकतम विकासलाई लागि मेरो समितिले अहम भूमिका खेल्नेछ ।’ यसअघि महासंघको बैंक फाइनान्स तथा इन्स्योरेन्स समितिको उपाध्यक्ष भई उनले कार्यकाल पूरा गरिसकेका छन् ।
मनोनयको प्रमाणपत्र वितरण गर्दै महासंघका अध्यक्ष ढकालले अहिलेको अवस्थामा सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा वेगानीको चयनसँगै सूचना प्रविधि क्षेत्रको अधिकतम प्रयोगसहित महासंघको छवि र प्रतिष्ठालाई अझ बढी सशक्त रूपमा अघि बढाउन सहयोग पुग्ने दाबी गरे ।
प्रतिक्रिया