भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन थुनामा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रक्रमणमा पक्राउ परेका १४ जनालाई थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

काठमाडौं जिल्ला अदालतले बुधबार यस प्रकरणमा हालसम्म पक्राउ परेका १४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

पक्राउ परेकामध्ये पूूर्वसांसद आङटावा शेर्पाको बयान लिन बाँकी छ। अन्यको बयान सकिएको छ।

समय कम भएको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरीलाई छिटो अनुसन्धान सकाउन निर्देशन दिएको थियो। तर प्रमाण संकलन तथा थप व्यक्तिहरू पक्राउ पर्दा अनुसन्धान लम्बिएको हो।

यस प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र उनका सहयोगी नरेन्द्र केसी, पूर्वउपप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव तथा उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई हिरासतमा छन्।

यस्तै केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, रामशरण केसी र गोविन्द चौधरी पनि प्रहरी हिरासतमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर