
दक्षिण कोरिया जाने नेपाली कामदारलाई नि:शुल्कका नाममा अवैध सिमकार्ड वितरण गर्दै ठगी

दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ ।
ललितपुरमा रहेको ईपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो । सिमकार्ड निःशुल्क रूपमा वितरण भइरहेको भए पनि कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड रहेको पाइएको छ ।
ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले सिमकार्ड निःशुल्क वितरण गर्ने भनिए पनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति तीन हजार रुपैयाँसम्म उठाउने गरेको पाइएको बताए । उनले अवैध रूपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएपछि उक्त कार्य रोक्न नेपाल प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत सम्बन्धित निकायलाई जानकारी दिएको बताए ।
उनले अवैध रूपमा कोरियाको प्रिपेड सिमकार्ड बिक्री वितरण भइरहेको गुनासो आएसँगै गत पुस ४ गते प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अनुगमन गरी कारबाही गर्न अनुरोध गर्दै पत्र काटेको जानकारी दिए । कटुवालले सिमकार्ड वितरण कार्य नरोकिएपछि पुनः वैशाख ३१ गते दोस्रो पटक प्रहरीलाई जानकारी दिएको बताए ।
ईपीएस कोरिया शाखाका निर्देशक कटुवालले कार्यालय परिसर वरपर बीमा, फोटोकपी, प्रिन्टिङलगायतका कार्यहरू बजार मूल्यभन्दा चर्को शुल्क लिई ठगी गर्ने गरेको पाइएको पनि बताए ।
निर्देशक कटुवालले ईपीएस कोरिया शाखाले अवैध सिमकार्ड वितरण र सेवाग्राहीहरूको फारम भर्नेलगायत सेवासम्बन्धी अन्य कार्यहरू गर्दा उपोभोक्तालाई ठगी गर्ने गरेको बारे सम्बन्धित निकायलाई ताकेता गरेको करिब पाँच महिना पुग्न लाग्दा समेत सम्बन्धित निकाय भने मौन देखिएको गुनासो गरे ।
निर्देशक कटुवालले हालसम्म प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनसमेत गर्न नआएको बताए ।
- भीमार्जुन आचार्यका फेसबुक स्ट्याटस गायब, भन्छन्- लोकतन्त्रको कार्यान्वयन सुरु भएको जस्तो छ
- नेपाल लाइफले सगरमाथामा फोहोर संकलन गर्ने, राउण्ड टेबल नेपालसँग सहकार्य
- पाँच वर्षभित्र विपद् उत्थानशिल नेपाल बनाउने मिसनमा छुः कार्यकारी प्रमुख दिनेश भट्ट
- सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै
प्रतिक्रिया