लामो दूरीको भाडा घट्यो, कुन रुटको भाडादर कति?

सरकारले लामो दूरीको भाडा घटाएको छ। डिजेलेको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले यात्रुवाहक र मालवाहक सवारी साधानको नयाँ भाडादर समायोजन गरेको हो।

नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १७ रुपैयाँले घटाएको थियो।

यससँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव १९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको हो। नयाँ भाडादर आजैदेखि लागू भएको छ।

इन्धनको मूल्यमा पाँच प्रतिशत घटीबढी हुनासाथ भाडा समायोजन गरिन्छ। अन्तरप्रदेशको भाडा संघीय सरकारले र अन्तरपालिकाको भाडादर प्रदेश सरकारले तय गर्छ।

यस्ताे छ नयाँ भाडादर :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *