सरकार अनावश्यक खर्च कटौतीमा निर्मम हुनुपर्छ : ज्ञानेन्द्र शाही
२ जेठ २०८० १८:५२
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले खर्च कटौतिमा निर्मम हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन्।
उनले अर्थतन्त्रका वर्तमान सूचकांकहरू हेर्दा भोलिको भविष्य राम्रो नभएको बताए। उनले नयाँ सरकार बनेपछिको मुलुकको आर्थिक वृद्धिदर घट्दै गएको र वर्तमान अवस्थामा २ खर्ब बढी आम्दानीभन्दा बढी खर्च रहेको बताए।
उनले समितिले सरकारले गर्ने खर्च कटौतीका विषयमा समितिलाई जानकारी दिनका लागि अर्थमन्त्रीलाई तत्काल बोलाउन माग गरे।
उनले सरकारसँग सांसदहरूले खर्च कटौतीका विषयमा जानकारी मागे पनि अहिलेसम्म नदिएको बताए। उनले अर्थतन्त्रका दृष्टिकोणले मुलुक संवेदनशिल अवस्थामा रहेको बताए।
प्रतिक्रिया