नेपालको समिति प्रणाली धेरै नै लोकतान्त्रिक भयो : रघुजी पन्त
२ जेठ २०८० १५:३०
नेकपा (एमाले) का सांसद रघुजी पन्तले समितिको कामलाई योजनाबद्ध ढंगले गर्न जरुरी रहेको बताएका छन्। मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।
उनले समिति सुशासन कायम गर्ने, सुदृढीकरण गर्ने भुमिकामा रहनुपर्ने बताए। उनले अहिले सबैभन्दा असंगठित र अव्यवस्थित स्थान प्रधानमन्त्री कार्यालय रहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन हुन जरुरी रहेको बताए। प्रधानमन्त्री कार्यालय राजनीतिक अस्थिरताका कारण व्यवस्थित हुन नसकेको उनले बताए।
सांसद पन्तले नेपालको समिति प्रणाली अति लोकतान्त्रिक भएको र यसले समितिको संवेदनशीलतामा प्रश्न उठाएको बताए।
प्रतिक्रिया