
सगरमाथा आरोहणपछि ओर्लने क्रममा बिरामी परेका सेनाका क्याप्टेन खत्रीको उद्धार


विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणपछि ओर्लने क्रममा बिचैमा बिरामी परेका एक सैनिक अधिकृतको उद्धार गरिएको छ।
नेपाली सेनाका क्याप्टेन दीपेन्द्रसिंह खत्री आरोहणपछि ओर्लने क्रममा बिरामी परेपछि शेर्पा आरोहीहरूको समूहले उनको उद्धार गरेको हो।
सगरमाथाको चुचुरोमा पुगेपछि ओर्लने क्रममा ८ हजार मिटरभन्दा माथि नै उनी बिरामी परेका थिए।
आरोहण टोलीका अन्य सदस्यहरू भने आरोहणपछि सकुशल तल्लो शिविरमा ओर्लिएका थिए।
लेफ्टिनेन्ट कर्णेल किशोर अधिकारीको नेतृत्वमा सफा हिमाल अभियानअनतर्गत सगरमाथा र ल्होत्से सरसफाइमा खटिएका पाँच जना सैनिक टोलीले सोमबार बिहान १० बजेर ५ मिनेटमा सगरमाथा आरोहण गरेका थिए।
उनीहरूसँगै पाँच जना शेर्पा आरोहीहरूले पनि एकसाथ सगरमाथाको सफल आरोहण गरेका थिए।
- भूकम्प प्रभावित म्यान्मामा भारतीय सहायता पठाइयो
- गृहमन्त्रीलाई माधव नेपालको प्रश्न- प्रहरी प्रशासनले तपाईको आदेश मान्न छोडेका हुन् ?
- प्रदर्शनका नाममा सुनियोजित आक्रमण भयो, कानुनअनुसार कारबाही गर्छौं : गृहमन्त्री लेखक
- म्यानमामा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो, उद्धार तथा खोजी कार्य जारी
प्रतिक्रिया