भुटानी शरणार्थी प्रकरण

पूर्वगृहमन्त्री खाणलाई जोगाउन खोज्ने पूर्वसांसद आङटावा शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन्।

उनले जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा आत्मसर्पण गरेको परिसरका एक अधिकारीले जानकारी दिए।

जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

२०७० मा रामेछाप-१ बाट संविधानसभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन्।

शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए।

भेटमा उनले बालकृष्ण खाणको नाम नलिन दबाब र प्रलोभन दिएको हिरासतमा रहेकाहरूको बयानमा खुलेको थियो ।

शेर्पाले आत्मसमर्पण गरेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ।

२० वैशाखमा पक्राउ पुर्जी जारीपछि फरार नेकपा (एमाले) का नेता टोपबहादुर रायमझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका थिए।

उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आइतबार तीन दिनको म्याद प्रहरीलाई दिइसकेको छ।

उनको आइतबारदेखि नै बयानसमेत सुरु गरिएको छ भने आइतबार नै बयान लिन थालिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले अस्वस्थताको कारण देखाएपछि आइतबारलाई बयान रोकिएको छ।

उनीहरूअघि पक्राउ परेका सबैको बयान सकिएको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर