कृषिविज्ञ मदन राईविरुद्ध बाल यौन दुरुपयोग कसुरमा ७ दिन म्याद थप

यौन दुर्व्यहवार आरोपमा पक्राउ परेका कृषिविज्ञ मदन राईलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत खोटाङले अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आइतबार अनुमति दिएको जानकारी दिए।

खोटाङको दिक्तेल रूपकोट मझुवागढी नगरपालिका-२, सोल्मास्थित शुभद्रा मदन (शुभम) फाण्डेशनका संस्थापक ७५ वर्षीय राईलाई गत शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनले आफूद्वारा सञ्चालित फाण्डेशनमा रहेर अध्ययन गर्ने बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर