धरानका मेयर साम्पाङविरुद्ध विरोधमा उत्रिए सुनसरीका पत्रकार

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरीका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्। मेयर साम्पाङको अभिव्यक्ति र व्यवहारले आफूहरू असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

शुक्रबार महासंघले मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा समेत पत्रकारहरूको विरोध गर्न आफ्ना समर्थकहरूलाई उक्साएको आरोपसहित आफूहरूको सुरक्षा गर्न माग गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएको छ।

उनीहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर मेयर साम्पाङबाट आफूहरूको सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन्।

सामाजिक सञ्जालमा समेत मेयर राईले आफूहरूविरुद्ध आफ्ना सकर्थकहरूलाई परिचालन गर्ने प्रयास गरेकाले सुरक्षाका लागि आफूहरूले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनु परेको महासंघका अध्यक्ष जनकऋषि राईले बताए।

मेयर साम्पाङविरुद्धको पत्रकार महासंघ सुनसरीको आन्दोलनलाई पत्रकार महासंघ मोरङ र कोशी प्रदेश समितिसमेतले समर्थन गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर