चितवनमा परीक्षा हलबाट निकालिएकी छात्राले गरिन् आत्महत्या, विद्यार्थी आन्दोलित

चितवन मेडिकल कलेजमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छन्। बीडीएस चौथो वर्षको पहिलो फेजमा अध्ययनरत सिम्रन थापाले बुधबार आत्महत्या गरेकी हुन्।

उनलाई बुधबार शिक्षकले परीक्षा हलबाट निकालिदिएका थिए। त्यसपछि कोठामा पुगेकी उनी आत्महत्या गरेकाे अवस्थामा भेटिएकी हुन्।

परीक्षा हलबाट निकालिएकै कारण उनले आत्महत्या गरेको भन्दै कलेजका विद्यार्थी आन्दोलित भएका छन्। चितवन मेडिकल कलेज विद्यार्थी संघर्ष समितिले विरोध प्रदर्शन गरेको हो।

विद्यार्थीको आन्दोलनका कारण मेडिकल कलेजको ओपीडी सेवा अनिश्चितकालका लागि अवरुद्ध भएको छ। विद्यार्थीले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *