दार्चुला हिमपहिरोमा बेपत्ता किशोरी ९ दिनपछि मृत फेला

वैशाख १९ गते दार्चुलोको व्यास गाउँपालिका-१, भोलुङमा गएको हिमपहिरोमा बेपत्ता एक किशोरी ९ दिनपछि मृत भेटिएकी छन्।

बुधबार अबेर साँझतिर डोटीको जोरायल गाउँपालिका-२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएको प्रहरीले जनाएको छ। योसँगै हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव भेटिएको छ।

व्यास गाउँपालिका-१, छाङरुमा रहेको सशस्त्र प्रहरी बल नं. ५० गुल्म सीतापुल प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मीहरूले बेपत्ताहरूको खोजी गरेका थिए। यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल थापाको शव फेला परेको प्रहरीले जनाएको छ।

शवको जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने प्रहरिले जनाएको छ ।

हिमपहिरोमा परेका ७ जनाले भने भागेर ज्यान जोगाएका थिए। उनीहरूलाई सोही दिन प्रहरीले सकुशल उद्धार गरेको थियो।

यार्सागुम्बा संकलनका लागि भोलुममा पुगेकाहरूमध्ये ५ जना हिमपहिरोमा बेपत्ता भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर