नक्कली भुटानी शरणार्थी प्रकरण कुनै भेटघाटले प्रभावित नहोस् : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनै पनि राजनीतिक भेटघाटले प्रभाव पार्न नहुने बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्।

उनले सो प्रकरणमा संलग्न जुनसुकै दलको जुनसुकै ओहदाको व्यक्ति भए पनि कारबाही हुनुपर्ने बताए। उनले बजारको हल्लाले पनि अनुसन्धान प्रभावित हुन नहुने उल्लेख गरे।

महामन्त्री थापाले अनुसन्धान स्वतन्त्र र निष्पक्ष रूपमा हुनुपर्ने भन्दै सरकारले यो प्रकरणमा दह्रो खुट्टा टेके मात्र सुशासनको नारा लगाउन सक्ने बताए।

महामन्त्री थापाले सरकारले गरेको अनुसन्धान नागरिकलाई विश्वास लाग्ने खालको हुनुपर्ने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर