नेपालको अध्ययन भ्रमणमा लेफ्टिनेन्ट जनरलकाे नेतृत्वमा बेलायतकाे सैन्य टोली

संयुक्त अधिराज्य बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजका कमाण्डर लेफ्टिनेन्ट जनरल सर जर्ज नोर्टनको नेतृत्वमा एउटा अध्ययन टोली सोमबार नेपाल आइपुगेको छ ।

कलेजका शिक्षक तथा शिक्षार्थीहरु सम्मिलित १९ सदस्यीय टोली ६ दिवसीय अध्ययन भ्रमणका लागि सोमबार नेपाल आएको हो ।

भ्रमणदलका प्रमुख लेफ्टिनेन्ट जनरल नोर्टनले सोमबार नै प्रधानसेनापति प्रभुराम शर्मासँग जङ्गी अड्‌डामा शिष्टाचार भेटघाट गरेका छन् । उक्त टोलीले जङ्गी अड्‍डा, श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका साथै ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विभिन्न राष्ट्रहरुमा संचालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरुले बिभिन्न मुलुकहरूको अध्ययन भ्रमण गर्ने प्रचलन रहि आएको छ ।

नेपालमा मित्रराष्ट्रहरुबाट हुने यस किसिमको भ्रमणले सम्बन्धित देशहरुसँगको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर