बजेटका सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध जस्तो : एमाले

राष्ट्रियसभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध जस्तो भएको टिप्पणी गरेकी छन्।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा आगामी वर्षको बजेट र सिद्धान्तमाथि छलफल गर्दै उनले गठबन्धन सरकारले चालु बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भएपनि त्यो पूरा नहुने स्थिति स्पष्ट रहेको बताएकी हुन्।

उनले फराकिलो आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको वर्तमान गठबन्धन सरकारले लक्ष्य पूरा किन नगरेको भन्दै प्रश्न गरिन्। उनले फराकिलो आर्थिक वृद्धिदर भनेको के हो भन्दै प्रश्न गरिन्।

उनले गत वर्ष बजेट निर्माणको क्रममा करको दर हेरफेर भएको र जसका कारण उद्योगी व्यवसायीमा नकारात्मक प्रभाव परेको बताइन्। सरकार र वर्तमान अर्थमन्त्री यसबारेमा सचेत हुनुहुन्छ कि हुनुहुन्न भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराइन्।

आगामी वर्षको बजेट निर्माणमा विचौलियको प्रयोग हुँदैन भन्ने प्रत्याभूति सरकारले जनता र संसदलाई दिनुपर्ने बताइन्। उनले स्रोततको जोहो गर्न वर्तमान सरकार दबाबमा रहेको उल्लेख गरिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर