भुटानी शरणार्थी प्रकरण

सचिव पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतकाे अनुमति

२० वैशाखमा पक्राउ परेका थिए पाण्डे

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

२० वैशाखमा पक्राउ परेका पाण्डेलाई सोही दिन जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। उक्त ३ दिनको म्याद आइतबार सकिएपछि प्रहरीले अनुसन्धान नसकिएको भन्दै हिरासतमा राख्ने समय थप गरिदिन अदालतमा पेस गरेको थियो।

त्यसपछि अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए।

पाण्डेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।

पूर्वगृहसचिवसमेत रहेका पाण्डेको पनि नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै रकम असुलीको घटनामा संलग्नता रहेको दाबीसहित प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर