संखुवासभामा दुर्घटनापछि सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक

शुक्रबार संखुवासभाको भोटखोला गाउँपालिका-४, सिप्रुङमा भएको दुर्घटनापछि सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाइएको छ।

नागारिक उड्डयन प्राधिरकणले सामान ढुवानीका क्रममा हेलिकाप्टर दुर्घटनामा परेपछि अन्य एयरक्रफ्टहरूको चेकजाँच नभइन्जेलसम्मका लागि सिम्रिकका हेलिकप्टर उडानमा रोक लगाएको हो।

उडानका क्रममा सिम्रिकले हवाई सुरक्षा मापदण्डहरू पालना गरे, नगरेकोबारे प्राधिकरणले अनुसन्धान थालेको छ।

शुक्रबार भोटखोलामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने पाइलटसहित चार जना घाइते भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *