सचिव पाण्डेलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं जिल्ला अदालतले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका उपराष्ट्रति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई ३ दिन थुनामा राख्न अनुमति दिएको छ।

अदालतबाट ३ दिन हिरासतमा लिएर अनुसन्धान गर्न म्याद प्राप्त भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीले जानकारी दिए।

पाण्डे पूर्वगृहसचिव हुन्। उनले गृहसचिव रहेको समयमा आर्थिक लाभ लिएर नक्कली शरणार्थी बनाई अमेरिका पठाउने धन्दामा सघाएको आरोप छ। उनी बुधबार नै पक्राउ परेका थिए।

यस प्रकरणमा पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई मंगलबार नै पक्राउ परिसकेका छन्। उनी यस योजनाका नाइके भएको दाबी गरिएको छ। उनका छोरा निरज राईविरुद्ध मंगलबार नै पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन्।

पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापाविरुद्ध पनि बुधबार पक्राउ पुर्जी जारी भएको छ। यस्तै पूर्वमन्त्री एवं सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर