ठूलो परिमाणमा नक्कली मह र कच्चा पदार्थसहित बूढानीलकण्ठबाट व्यापारी पक्राउ

प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट ठूलो परिमाणमा नक्कली मह र कच्चा पदार्थसहित व्यापारीलाई पक्राउ गरेको छ।

अखाद्य मिसावट गरी मह उत्पादन तथा बिक्री गरेको आरोपमा बूढानीलकण्ठ-२ स्थित गार्डेन अपियरी उद्योग प्रालिका सञ्चालक ५९ वर्षीय पवन सत्याल पक्राउ परेका हुन्।

उनलाई सोमबार मध्याह्न १२ बजे प्रहरी प्रभाग बूढानीलकण्ठ र प्रहरी वृत्त महाराजञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरी र स्थानीय जनप्रतिनिधिसमेतको टोलीले खानतलासी गरेर उनको पसलबाट ठूलो परिमाणमा तयारी मह र कच्चा पदार्थ बरामद गरेको छ।

प्रहरीका अनुसार तयारी मह ७०० बट्टा र कच्चा पदार्थ ४० बाल्टिन बरामद भएको हो। बरामद मह र कच्चा पदार्थको मूल्य ५ लाख रुपैयाँ बराबर पर्ने प्रहरीले जनाएको छ।

बरामद महको नमुना परीक्षणका प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ। पक्राउ परेका सञ्चालकलाई प्रहरी प्रभाग बूढानीलकण्ठमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर