कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य
१८ वैशाख २०८० १८:१७
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन् ।
उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको कार्यकारी निर्देशकमा उनलाई नियुक्त गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. आचार्य विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । त्यसैगरी उनले नेपाली कांग्रेसका विभिन्न समितिमा रहेर काम गरिसकेको मुख्यसचिव पौडेलले बताए ।
प्रतिक्रिया