नेपाल र यूएई एसीसी प्रिमियर कपको फाइनलमा

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो।

नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोड्दा खेल वर्षाले रोकिएको थियो।

डीएलएस मेथड लागू गर्न २० ओभर खेलेको हुनुपर्ने तथा सुपर ओभर पनि गर्न सम्भव नभएपछि समूह चरणमा शीर्ष भएको आधारमा नेपालले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो।

वर्षा हुनुअघि कुवेतको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा नेपालका करण केसीले पाँच विकेट लिए। उनले ४.३ ओभरमा १ मेडन राख्दा १० रन खर्चिए। सोमपाल कामीले एक विकेट हात पारे।

वर्षाले प्रभावित भएका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २८१ रन जोड्यो। डिएलएस मेथडका कारण कुवेतले २८१ रनकै लक्ष्य पायो।

नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ९४ रन जोडे। ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे।

कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए। कुशलले ४४ बलमा समान ४-४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे।

ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी भयो।

भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए।

करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे।

बलिङमा कुवेतका मोहमद अस्लाम र एडनान इड्रेसले ३-३ विकेट लिए।

यस्तै अर्को सेमिफाइनल खेलमा पनि वर्षाले अवरोध पुर्‍याएपछि डकवर्थ लुइस प्रणालीमा अगाडि रहँदै यूएई फाइनलमा पुगेको हो। डकवर्थ लुइसमा यूएईले ओमानलाई २ रनले हराएको हो।

एसीसी प्रिमियर कपको फाइनल सोमबार हुनेछ । फाइनलमा यूएईलाई हराएमा नेपाल एसिया कपका लागि छनोट हुनेछ।

कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर