वित्तीय समानीकरण अनुदान कटौतीको निर्णय फिर्ता लिन सांसद देवकोटाकाे माग

राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले स्थानीय तह र प्रदेशको वित्तीय समानीकरण अनुदान कटौती गरेकोमा आपत्ति जनाएका छन्।

शुक्रबार राष्ट्रियसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले संविधानअनुसार विनियोजन गरिएको प्रदेश र स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदान चौथो किस्ता ५० प्रतिशतले कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन पनि सरकारसँग माग गरेका छन्।

सांसद देवकोटाले सो बजेट विशुद्ध रूपमा स्थानीय तह र प्रदेशले पाउने अधिकार भए पनि संघीय सरकारले त्यसलाई पटक-पटक खोस्ने गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे। उनले मुलुकको अर्थतन्त्र राम्रै छ भनेर अर्थमन्त्री डा. प्रकाशशरण महतले सदनलाई समेत ढाँटेको आरोपसमेत लगाए।

सांसद देवकोटाले योजना, कानूनहरू तल बन्ने तर बजेट चाहिँ माथि केन्द्रित गर्ने काम संघीय व्यवस्थामा हुनै नहुने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *