पाटन संग्रहालयमा पूर्वकुमारी बज्राचार्यको फोटो प्रदर्शनी (तस्बिरहरूसहित)

पाटन संग्रहालयमा पाटनकी पूर्वकुमारी (जीवित देवी) समिता बज्राचार्यको जीवनयात्रालाई दर्साउने फोटो प्रदर्शनी जारी छ। वि.सं. २०६७ देखि २०७१ सालको अवधिमा पाटनमा जीवित देवी कुमारीको रूपमा पुजिएकी बज्राचार्यको कुमारीघर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता ‘मिस नेसनल’ सम्मको जीवनीलाई तस्बिरमा समेटेर प्रदर्शनी गरिएको हो।

वैशाख १३ गतेबाट शुरु भएको प्रदर्शनी वैशाख १९ गतेसम्म चल्नेछ। पूर्वकुमारी बज्राचार्य ८ वर्षको उमेरमा कुमारी भई ११ वर्षमा घर फर्किएकी थिइन्। पूर्वकुमारी बज्राचार्यले आफ्नो जीवनको २० वर्षको कुमारी जीवनयात्रालाई फोटोको रूपमा प्रदर्शनी गरेको बताइन्। उनले आफूलाई कुमारी बन्न पाएकोमा खुसी लागेको पनि बताइन्।

प्रदर्शनीमा ४३ वटा तस्बिर रखिएको छ। जसमा कुमारी छनोट, कुमारी घरभित्रको जीवन, अवकाश पाउँदाको समय र पूर्वकुमारी भएपछिको जीवनलाई समेटिएको छ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर