घण्टीको सामना गर्न राप्रपा सक्षम छ : पशुपतिशमशेर जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले गत चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी गरे।

उनले संसद भद्रगोल रहेको र जुनकुनै अवस्थामा जे पनि हुन सक्ने बताए। उनले अफ्ठ्यारो परिस्थितिको सामना गर्न राप्रपा सामथ्र्यवान भएको दाबी गरे।

सांसद जबराले देश अफ्ठ्यारोमा पर्दा आड दिने पार्टी राप्रपाबाहेक अर्को नरहेको जिकिर गरे।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर