ट्र्याक्टरमा लोड गरेको फलामको रडले घोच्दा मोटरसाइकलमा सवार सैनिक जवानको मृत्यु

बाराको सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको प्रहरी प्रवक्ता पुरुषोत्तमसिंह पाण्डेयले जानकारी दिए ।

बा८०प ८२८० नम्बरको मोटरसाइलमा सवार रामको वीरगञ्जबाट कलैया जाने क्रममा कलैया उपमहानगरपालिका-२४, सिसहनियामा ना५त ४०२१ नम्बरको ट्र्याक्टरमा रहेको फलामको रडले घोच्दा घटनास्थलमै मृत्यु भएको प्रवक्ता पाण्डेयले जानकारी दिए ।

ट्र्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका-५ टिकुलिया निवासी ३२ वर्षीय रमेश तिवारीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए । मृतक राम कलैया उपमहानगरपालिका-१६, मझैलिया निवासी हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर