विद्यालयमा राजनीति गर्न माग गर्दै विद्यार्थी संगठनले लगाएको ताला बालेनले खुलाए

काठमाडौं महानगरपालिकाको संस्थागत विद्यालय शाखामा लगाएको तालाबन्दी महानगरले फुटाएको छ । महानगरले विद्यालयमा राजनीतिक दल तथा भ्रातृ संगठनका कार्यक्रम नगर्न विभिन्न भ्रातृ संगठन तथा राजनीतिक दललाई निर्देशन दिएपछि त्यसको विरोधमा बिहीबार कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले ताला लगाएको थियो ।

सोही दिन साँझ नै नगर प्रहरीले ताला फुटाएको महानगरका मेयर बालेन शाहले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा ताला फोडेको भिडियोसमेत राखेका छन् । मेयर बालेनले विद्यालय पढ्ने ठाउँ भएकाले त्यहाँ राजनीति नगर्न चेतावनी पनि दिएका छन् ।

‘विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौ,’ बालेनले लेखेका छन्, ‘यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि बर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले ताला लगाउने दुस्प्रयास यथाशीघ्र ताला फोरेर विफल पारेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर