अग्रता जोगाउन नसक्दा एपिएफले फ्रेण्ड्ससँग अंक बाँड्यो

विभागीय टोली नेपाल एपिएफ क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीवार फ्रेण्ड्स क्लवसँग बराबरीमा रोकिएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा दोस्रो हाफमा गोल खाँदै १–१ को बराबरी खेलेको हो । यससँगै दुवै टोली १३ औं चरणको खेलमा १–१ अंक बाँड्दै पहिलो राउण्डको लिगमा बिट मारेका छन् ।

निकै प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले स्पष्ट तीन अंकका लागि खेलेका थिए । शुरुवातबाट नै ललितपुरे टोली फ्रेण्ड्समाथि आक्रामक रणनीति अपनाउदै खेलेको एपिएफले २७ औं मिनेटमा प्रदिप लामाको पासमा अग्रता निकालेको थियो ।

कप्तान नविन लामाले पेनाल्टी बक्स बाहिर अनमार्क रहेका प्रदीपलाई दिएका थिए र उक्त अवसरलाई प्रदिपले गोलमा परिणत गर्न सफल भएका थिए ।

त्यसपछि पनि पहिलो हाफको खेल अवधिभर बारम्बार प्रयास गरेको एपिएफले थप गोल गर्न सकेन । दोस्रो हाफमा फ्रेण्ड्सले सुधारिएको प्रदर्शन ग¥यो । ५२ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई खेलमा फर्काए । बाँकी समयमा पनि थप गोलका लागि प्रयास गरेको फ्रेण्ड्सबाट थप सफल हुन सकेन र दुवै टोलीले निर्धारित ९० मिनेटको खेल १–१ बराबरी खेल्दै अंक बाँडेका हुन् ।

यससँगै विभागीय टोली एपिएफले जारी लिगमा तेस्रो बराबरी खेलेको छ । एपिएफले १३ खेल खेल्दा १८ अंक जोडेको छ भने अर्को टोली फ्रेण्ड्सले समान १३ खेलबाट १५ अंक बनाएको छ ।

लिगमा शुक्रवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल एन्फा मुख्यालयमा न्युरोड टिम ९एनआरटी० र थ्री स्टार क्लवबीच हुनेछ भने दोस्रो खेल दशरथ रंगशालामा हिमालयन शेर्पा र विभागीय टोली त्रिभुनव आर्मी फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर