काठमाडौंमा उपचारपछि भारत फर्किइन् पर्वातारोही बलजीत कौर

भारतीय कीर्तिमानी पर्वतारोही बलजीत कौर स्वदेश फर्किएकी छन्।

म्यादीस्थित विश्वको दशौं अग्लो अन्नपूर्ण हिमाल आरोहणका क्रममा दुई दिनसम्म बेपत्ता बनेकी उनी काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारपछि बिहीबार भारत फर्केकी हुन्।

भारत फर्किएको जानकारी गराउँदै उनले ट्विटरमा लेखेकी छन्, ‘स्वदेश फर्किएँ। आमाकहाँ।’

 


गत वैशाख ४ गते अन्नपूर्ण आरोहण गरेकी उनी अक्सिजनको कमीका कारण ७ हजार ५०० मिटरमाथि फसेकी थिइन्। उनको वैशाख ५ गते दिउँसो बेहोश हवस्थामा उद्धार गरिएको थियो।

वैशाख ४ गते नै स्कटल्याण्डका प्रख्यात आरोही नोएल हन्ना भने सात हजार पाँच सय मिटरको उचाइमा मृत भेटिएका थिए। सेभेन समिट ट्रेकमार्फत अन्नपूर्ण आरोहणका लागि आएका हान्ना सुतेकै ठाउँमा मृत भेटिएका थिए।

सेभेन समिटबाट आरोहणमा गएका भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालुको तीन दिनपछि जीवितै उद्धार गरिएको थियो।

आरोहण सफल नभएपछि मालु आधारशिविर फर्कने क्रममा सात हजार पाँच सय मिटरको उचाइबाट समातेको डोरी फुत्किएपछि खसेर बेपत्ता भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर