ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु, दुई घाइते

ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका-४, साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो ।

चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् ।

घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर