१७.३६ अंकले बढ्यो नेप्से

साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक १७ अंकभन्दा बढीले बढेको छ ।  मंगलवार नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमा पुगेको छ ।

सोमवार नेप्से परिसूचक २.७१ अंक बढेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ इण्डेक्स १.५६ अंकले बढेको छ ।

मंगलवार कारोबारमा आएका २६४ कम्पनीको २७ लाख कित्ता शेयर ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवारको कारोबारको तुलनामा मंगलवार कारोकार रकम बढेको छ । उक्त दिन ७५ करोडको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १.९२ प्रतिशत बढेको भने वित्त, लगानी, उत्पादन तथा प्रशोधन विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से परिसूचक बढेसँगै तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ८ प्रतिशतले बढेको छ। त्यस्तै खप्तड लघुवित्तको शेयरमूल्य ७.८५ प्रतिशत बढेको छ । तर सनराइज फण्डको इकाईमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। मंगलवार शिवम् सिमेन्ट्स कम्पनीको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर