अपडेटः काठमाडौंबाट उडेको फ्लाइ दुबई सामान्य अवस्थामा गन्तब्य तर्फ जाँदै, विमानस्थल खुला

काठमाडौंबाट संयुक्त अरब इमिरेटस (युएई) का लागि उडेको फ्लाई दुबई सामान्य अवस्थामा फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयर कन्ट्रलोललाई जानकारी गराएको छ । क्याप्टेनले एउटा इन्जिनकै भरमा दुबई पुग्ने र अहिले जहाजमा लागेको आगो निभेको जानकारी कन्ट्रलोलाई दिएपछि विमानस्थलमा अन्य नियमित उडान सुचारु भएको छ ।

फ्लाई दुबईको बोइङ ७३७ काठमाण्डौ देखि दुबई उडान नम्बर एफजेड फाइभ सेभेन सिक्सको एउटा इन्जिनमा प्राविधिक गडबडीका कारण काठमाडौंमै फोर्स ल्याण्डिङको तयारी भइरहेको थियो।

विमानस्थलमा महाप्रवन्धक प्रताप तिवारी र पर्यटन मन्त्री सुदन किरातीले सामाजिक सञ्जाल मार्फत यसको जानकारी गराएका हुन् ।

 

जहाजलाई फोर्स ल्याण्डिङ गर्नुअघि त्यसमा भएको इन्धन सकाउनुपर्ने कठिनाईकाबीच जोखिम मोल्दै फ्लाई दुबईका चालकदलका सदस्यले बुद्धीमतापूर्ण कार्य गरेका छन् ।

जहाजमा चालक दलका सदस्य बाहेक एकसय २० विदेशी र ४९ जना नेपाली नागरिक रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *