सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बैठक बसको छ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बैठक बसिरहेको हो।

बैठकमा संसदीय समितिहरूको नेतृत्व र टीआरसी विधेयकलगायतका विषयमा छलफल हुने जनाइएको छ।

संसदीय समितिको नेतृत्व बाँडफाँटमा प्रमुख दलबीच सहमति हुन सकेको छैन। त्यस्तै टीआरसी विधेयकमा पनि सहमति हुन सकेको छैन।

बैठकमा शीर्ष नेताहरूसँगै पार्टीका प्रमुख सचेतक उपस्थित छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर