रहेनन् ‘भिक्टोरिया क्रस’ विजेता लिम्बू

‘भिक्टोरिया क्रस’ विजेता भीसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ । लिम्बूको आज बिहान ३:४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए ।

लिम्बू ६ महिनादेखि बिरामी थिए। झापास्थित बीएण्डसी अस्पतालमा ठीक नभएपछि उनी तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थिए।

लिम्बूलाई नखिपोटस्थित घरबाट अस्पताल लैजाने र ल्याउने गरिँदै आएको थियो। तर, एक महिनायता भने उनलाई मेडिसिटी अस्पतालमै राखेर उपचार गराइरहिएको थियो।

लिम्बूको अन्त्येष्टी दमकमा गरिने उनका छोरा मोहनले जानकारी दिए। दमक-८ का स्थायी बासिन्दा लिम्बूको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकोप्टर चार्टर गरी काठमाडौं ल्याइएको थियो। उनी मिर्गौला र मुटुसम्बन्धी रोगबाट पीडित थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *