इस्लाम धर्मावलम्बीले रमजान मनाउँदै
आज इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद-उल-फित्र’ देशभर मनाइँदैछ। ईद-उल-फित्र मुस्लिम समुदायका धर्मालम्बीहरू एक महिना रोजा (व्रत) बसेर मनाउने गर्दछन्। रमजानको अवसरमा आज काठमाडौंको घण्टाघर नजिकै रहेको काश्मिरी मस्जिदमा नमाज पढ्न मानिसहरू भेला भएका छन्।
रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ। साथै रमजान महिनालाई मुस्लिम समुदायले दान गर्ने महिनाको रूपमा समेत लिने गर्दछन्। चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात् व्रत बसिन्छ। गत मार्च २५ मा चन्द्रमा देखिएपछि सोही शुक्रबाररबाट व्रत बस्न सुरु भएको थियो।
रमदान अर्थात रमजान महिना सकिएको खुसीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज ईद-उल-फित्र (ईद) मनाउन लागेका छन्। हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन्। चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलो पटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ।
प्रतिक्रिया