चोरी तथा डाँकासम्बन्धी कसुरमा चार जना पक्राउ

चोरी तथा डाँकासम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ ग्रामथान गाउँपालिका–५ बस्ने ४० वर्षीय दिलीवकुमार चौधरी, सोही ठाउँ बस्ने २८ वर्षीय इरज धामी, सर्लाही लालबन्दी नगरपालिका–२ पुनरबास टोल बस्ने ३५ वर्षीय मिथुन पासवान र सर्लाही ईश्वरपुर नगरपालिका–५ नरेशखोर टोल बस्ने २६ वर्षीय मिथिलेश महत्तो रहेका छन् ।

ग्रामथान गाँउपालिका–२ झोराहाटस्थित सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २०७९ चैत २ गते राति फलामको सेफ बाकसमा राखेको ७ लाख ७७ हजार १८ रूपैयाँ चोरी भएको घटनामा उनीहरूको संलग्नता भएको खुल्न आएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूमध्ये दिलीपकुमार चौधरी, इरज धामी र मिथुन पासवानलाई जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षको लागि कारागार चलान गरिएको छ भने मिथिलेश महत्तो २ लाख रूपैयाँ धरौटीमा छुटेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *