भिजिट भिसामा ओमान पुर्‍याएर बेचेको आरोपमा दुई जना पक्राउ

एक व्यक्तिलाई भिजिट भिसामा पश्चिम एशियाली मुुलुक ओमान पुर्‍याई बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा इलामको फाकफोकथुम गाउँपालिका वडा नं.६ घर भई काठमाडौंको गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बू र सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ६ घर भई ललितपुरको भैंसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ छन्।

उनीहरूलाई मंगलबार पक्राउ गरिएको र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदातलबाट ५ दिनको म्याद लिएर अनुसार भइरहेको मानव बेचबिखन अनुसन्धान ब्यूराेका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

उनका अनुसार उनीहरूले पीडितलाई ओमानमा फ्रि भिसा फ्रि टिकटमा मासिक ५० देखि ६० हजार रुपैयाँ कमाइ हुने घरेलु काममा लगाइदिने प्रलोभनमा पारेका थिए। यसरी प्रलोभनमा पारेर गत माघ २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमानको भिजिट भिसामा दुबई ट्रान्जिट बनाई ओमानको अल घुब्रा, सल्तनत पुर्‍याएका थिए।

त्यहाँ कम्पनीमा राखी ३५०० ओमानी रियलमा ओमानी घर मालिकलाई बिक्री गरेका थिए। शारिरीक तथा मानसिक यातना दिई ओमानी घर मालिकले २२ घण्टासम्म काममा लगाएको अवस्थामा पीडित अचानक बेहोश भई पुनः कम्पनीमा फिर्ता गरी कम्पनीको मालिकले आफ्नो घर तथा अफिसको काममा लगाएका थिए। जाहेरवालाले नेपालमा रहेका आफ्ना भाइसँग कुरा गर्दा ओमानस्थित नेपाली दूतावासमा सम्पर्क गर्न भनेका थिए।

भाइको सुझावअनुसार जाहेरवाला उक्त कम्पीबाट भागेर नेपाली राजदूतावासमा पुगी ६ दिनसम्म बसी नेपालबाट हवाई टिकट लिई फागुन २९ गते नेपाल फर्कन सफल भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर