
जबज पुँजीवादी यथास्थितिवाद हो : झलनाथ खनाल


नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद भनेको पुँजीवादी यथास्थितिवाद रहेको बताएका छन्। बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले पनि पुनःउत्थानवादीहरूको धारा देशमा रहेको भन्दै फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलनभित्रबाट बढार्न जरुरी रहेको बताए। उनले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने बताए।
उनले नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेको भन्दै उनीहरूसँग वैचारिक संघर्षहरू गर्नुपर्ने बताए। उनले दक्षिणपन्थी अवसरवादी धाराबाट समाजको अग्रगति सम्भव नरहेको जिकिर गरे।
सम्मानित नेता खनालले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु अर्को चुनावमा पहिलो विद्यार्थी संगठन बन्ने दाबी गरे।
- नयाँ नापी ऐन ड्राफ्ट भइसक्यो, भूमि ऐन बनाउन समिति बनाएका छौँ : बलराम अधिकारी
- प्रधानमन्त्रीले शिक्षकहरूको मागलाई कुल्चिए, माओवादी अवसरवादी हो : झलनाथ खनाल
- प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ : वामदेव गौतम
- देश डुबे पनि दलाल पुँजीपतिहरू फाइदामा छन् : घनश्याम भुसाल
प्रतिक्रिया