वर्षाैंदेखि रोक्का भएको लालपुर्जा फुकुवा भएसँगै स्थानीयवासी खुशी

लामो समयदेखि रोक्का भएको जग्गा फुकुवा भएपछि पश्चिम नवलपरासी सुनवलका स्थानीयवासी खुशी भएका छन् । वि.सं. २०६७ मा जग्गापुर्जा प्राप्त गरे पनि अख्तियारमा मुद्दा परेसँगै जग्गा रोक्का भएको थियो । रोक्का भएको लालपुर्जा फुकुवा भएपछि स्थानीयवासी हर्षित भएका हुन् ।

१२ वर्षपछि जग्गा फुकुवा हुदाँ आफूहरू हर्षित भएको भन्दै राष्ट्रिय भूमि अयोग जिल्ला समितिले राम्रो काम गरेको स्थानीयवासीले बताए । विभिन्न समयमा राजनैतिक दलका नेताले आआफ्नो एजेण्डा बनाउनकै लागि विभिन्न कालखण्डका आयोगहरूलाई दोष दिएको स्थानीयको बुझाइ छ ।

राष्ट्रिय भूूमि अयोग जिल्ला समितिका अध्यक्ष देवराज भण्डारीले आफूहरू आयोगमा आएको दुई महिनाभित्रै काम टुंग्याएको बताए । पटकपटक जग्गा फुकुवा भयो भनेर झुक्किएका स्थानीयवासीले सुरुमा जग्गा फुकुवा भयो भन्दा नपत्याएको उनले बताए । पछि मालपोतबाट जग्गाको काम भएपछि मात्र स्थानीयवासीले विश्वास गरेको भण्डारीको भनाइ छ ।

पश्चिम नवलपरासीमा पटकपटक बनेका भूमिसम्बन्धी आयोगले विगतमा जग्गा नापजाँचलगायतका कार्यहरू गरे पनि पूर्णता भने दिन सकेका थिएनन् ।

पछिल्लो पटक वनेको राष्ट्रिय भूमि आयोगले भने सुनवलसहित जिल्लाभर करिब ११ सय लालपुर्जा फुकुवा गरेको छ । त्यस्तै नयाँ जग्गा नापजाँच र यही वैशाख पहिलो हप्तादेखि राजस्व संकलन गर्ने र पुर्जा वितरण गर्ने राष्ट्रिय भूमि अयोग जिल्ला समितिले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *