माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि काठमाडौंमा प्रहरीद्धारा गोली प्रहार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन मगर घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ । पुन मगरमाथि गएराती काठमाडौंको मालीगाँउस्थित घरमै गोली प्रहार भएको छ । सुरक्षा स्रोतका अनुसार उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनकाे खुट्टामा गाेली लागेकाे छ ।

घटना काठमाडौं मालीगाँउमा रहेको नेता पुनको दाइकाे घरमा भएको बताइएको छ ।

प्रहरीका निमित्त प्रवक्ता एसएसपी दिपेन्द्र जिसीका अनुसार नातामा नातीपर्ने प्रहरीका सहायक हवल्दार प्रकाश पुन मगरले चलाएको गोली लागेर उनी घाइते भएकी हुन् । सहायक हवल्दार पुनको सुरक्षा सेवा निर्देशनालयमा दरबन्दी रहेको छ । काठमाडौं प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी उच्चस्रोतका अनुसार सहायक हवल्दार पुन मगर साेही घरमा बस्दै आएका थिए । नयाँ वर्षमा खानपिनपछि उत्पन्न विवादमा सुरक्षाका लागि राखेको आफ्नै हतियारले पुन मगरले बृद्ध तिर्थमाली माथि गोली प्रहार गरेको हुन् ।

घटनाको अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर