नेप्से परिसूचक २९.०७ अंकले घट्यो

नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक २९ दशमलव ०७ अङ्कले घटेर १ हजार नौ सय ३४ दशमलव ४७ अङ्कमा सीमित भएको छ ।

आजको कारोबारमा विभिन्न कम्पनीमा ४९ लाख १३ हजार ७०२ कित्ता शेयर एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ रुपैयाँ ७७ पैसामा कारोबार भएका छन् ।

कारोबारमा भएका कम्पनीमध्ये आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै गुमाउने शीर्ष कम्पनीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र सिर्जनशिल लघुवित्त वित्तीय संस्था छन् ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, एनआईसी एशिया बैंक, नबिल बैंक र शिव श्री हाइड्रोपावर कम्पनी शीर्ष पाँचभित्र परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *