नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहका थप एक जना पक्राउ

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहका थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङका ३४ वर्षीय सन्देश शर्मा छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको हो। नेपालीलाई भुटानी शरणार्थी बनाउनमा शर्माको समेत प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन्।

यसअघि कार्यालयकै टोलीले गिरोहका चार सदस्यहरू केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेको थियो। उनीहरूमाथि प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ।

यो गिरोहले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आश्वासन दिई करोडौं रकम ठगी गरेको पाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर