तीन दलका शीर्ष नेताबीच संक्रमणकालीन न्यायलगायतका विधेयकबारे छलफल

सत्तापक्ष र प्रतिपक्षका तीन शीर्ष नेताहरूबीच संक्रमणकालीन न्यायलगायतका विधेयकबारे छलफल भएको छ।

बालुवाटारस्थित सभामुखको निवासमा आज बिहान प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।

बैठकमा संक्रमणकालीन न्याय, संसद्को हिउँदे अधिवेशन, संसदीय समिति गठन, संवैधानिक परिषदसम्बन्धी विधेयक र सम्पत्ति शुद्धीकरण विधेयकमाथि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले संक्रमणकालीन विधेयकलाई सदनबाटै पारित गर्न चाहेको छ भने एमालेले संसदीय समितिबाट लैजानुपर्ने भन्दै आएको छ।

प्रधानमन्त्री प्रचण्डले संसद्मा दर्ता भएका तीन विधेयक पारित गर्नका लागि सत्तापक्ष र प्रतिपक्षबीच समझदारी खोज्ने प्रयास गरेका छन्।

बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी थिए। यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर