इन्टरनेट सेवाप्रदायक क्षेत्रलाई थप व्यवस्थित गरिने

इन्टरनेट सेवाप्रदायक सङ्घले इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित गर्ने नीति लिएको छ ।

इन्टरनेट सेवाप्रदायकका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक सहितको उपस्थितिमा आज आयोजित विशेष भेलाले नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको लक्ष्यलाई आत्मसात् गरी विश्व मापदण्डअनुसार सेवा गुणस्तरमा सुधार गर्नेसमेत नीति लिएको छ ।

इन्टरनेट सेवाप्रदायकहरूबीच सहकार्य गर्न आह्वान गरिएको उक्त भेलामा सेवा प्रदायहरूको बृहत् छलफलपश्चात् इन्टरनेट सेवा र त्यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउन इन्टरनेट सेवाप्रदायकहरूले हातेमालो गर्दै अघि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेलाले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसँग इन्टरनेट क्षेत्रलाई व्यवस्थित एवम् गरिमामय बनाउनका लागि आवश्यक छलफल/हातेमालो/सहकार्य गर्दै जाने निर्णय पनि गरेको छ ।

भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, ‘भेलाले माथि उल्लिखित बुँदाहरू (बुँदा १ र बुँदा २) कार्यान्वयन गर्नका लागि इन्टरनेट सेवाप्रदायकहरूले आवश्यक कार्य गर्ने-गराउने उक्त लक्ष्य प्राप्त गर्नका लागि सम्पूर्ण आवश्यक तयारी गर्ने र प्रक्रियागत सुधार लगायतका आवश्यक कार्यहरू गर्नेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *