सरकार निर्यात प्रवर्द्धनका लागि सहयोग गर्न तयार छ : मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताएका छन् ।
शुक्रबार निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । उनले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनामा चालु आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरूमा सबैभन्दा कमजोर बनेको बताए ।
उनले मन्त्रालयको बजेट खर्च गर्न नसक्दा यत्तिकै थन्किएको बताए । उनले निर्यात व्यवसाय प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको पनि बताए । निर्यात व्यवसायीहरूले देशको व्यापार घाटालाई कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको पनि उनले बताए ।
मन्त्री रिजालले नेपालका दुवै छिमेकी देशहरू ठूला रहेकाले दुवैसँग समान व्यवहार गरेर सम्हालिएर अघि बढ्न आवश्यक रहेको बताए । उनले निकट भविष्यमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत र चीन भ्रमणमा जाने तालिका रहेकाले दुई देशसँगको भेटपछि निर्यात प्रवर्द्धन झनै सहज हुने प्रतिबद्धता जनाए ।
मन्त्री रिजालले व्यवसायीहरूको भूमिका आर्थिकस्तर बढाउन महत्त्वपूर्ण रहेको भन्दै देशको समृद्धिका लागि व्यवसायीहरूलाई हरेक सुविधा दिन सरकार तयार रहेको बताए । उनले सरकार निर्यात प्रवर्द्धनका लागि सहयोग गर्न तयार रहेको बताए ।
- स्वास्थ्य सेवा सुधारका लागि सरकारले गरेका निर्णयहरू रोकिने अवस्था छैन : स्वास्थ्यमन्त्री
- वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउन सहमति
- स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन
- एउटै व्यक्तिले विद्युत अनुमतिपत्र होल्ड गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : सांसद शर्मा
प्रतिक्रिया