नयाँ नेतृत्वको भूमिकामा आकाश-पातालको फरक हुनुपर्छ : व्यवसायी घिमिरे

नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभा तथा निर्वाचनमा वस्तुगत तर्फका सदस्य पदका उम्मेदवार शिवप्रसाद घिमिरेले महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै व्यवसायी घिमिरेले अहिलेको आर्थिक अवस्था संकटग्रस्त रहेकाले नयाँ नेतृत्वले निजी क्षेत्रको हकहितका लागि युद्धस्तरको काम गर्न जरुरी रहेको बताएका हुन् । उनले विगतको नेपाल उद्योग वाणिज्य महासंघको भूमिका र अब आउने अबको नेपाल उद्योग वाणिज्य महासंघको आउँदै गरेको नेतृत्वको भूमिकामा आकाश-पातालको फरक हुनुपर्ने बताए ।

उनले संरक्षण भनिएको संस्थाबाट संरक्षकत्व हुन नसके सम्पूर्ण व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना हुने दाबी गरे । उनले आर्थिक अवस्था कमजोर भइरहेको बेलामा महासंघको नेतृत्व स्वाभाविक रूपबाट चयन हुनुपर्ने भए पनि त्यसो हन नसकेको बताए । विगतमा महासंघले सरकारको आर्थिक सल्लाहकारको रूपमा काम गरे पनि पछिल्लो समय महासंघको साख खस्किँदै गएको उनले बताए ।

उम्मेदवार घिमिरेले महासंघ यसअघि निजी क्षेत्रको संरक्षकत्व बन्न नसक्नुको बाधक विधान भएकाले समयानुसार विधान परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर