सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम ५ वर्षका लागि हो : सांसद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले न्यूनतम साझा कार्यक्रम सरकारमा रहेका दलहरूले आफ्नो राजनीतिक विचारअनुसार निर्माण गरेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

उनले न्यूनतम साझा कार्यक्रम दलहरूले आफ्नो राजनीतिक विचारअनुसार निर्वाचनमा जनतासँग गरेका वाचाहरूलाई समेटेर बनाउने दस्तावेज रहेको उल्लेख गरे।

सांसद पाण्डेले वर्तमान सत्ता गठबन्धनले ल्याएको न्यूनतम साझा कार्यक्रम ५ वर्षका लागि भएको दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर